Rule 17
अनुगमन समितिको काम, कर्तव्य र अधिकार
(१) अनुगमन समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः- (क) अनिवार्य तथा निःशुल्क शिक्षाको समग्र नीति तथा कार्यक्रमको अनुगमन गर्ने वा गराउने,
(ख) अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी कार्यक्रम कार्यान्वयनको प्रभावकारिताको अनुगमन गर्ने वा गराउने,
(ग) अनिवार्य तथा निःशुल्क शिक्षा तथा सोसँग सम्बन्धित कार्यक्रममा लक्षित समुदायको पहुँच पुग्न सके वा नसकेको अनुगमन गर्ने,
(घ) अनिवार्य तथा निःशुल्क शिक्षालाई प्रभावकारी बनाउन नेपाल सरकारलाई आवश्यक सुझाव दिने।
(२) अनुगमन समितिले अनुगमन सूचकाङ्क तयार गरी मन्त्रालयबाट स्वीकृत
गराई त्यस्तो सूचकाङ्क बमोजिम अनुगमन गर्नु पर्नेछ।